इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बिहीबार राति भएको खेलमा लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

दी किंङ पावर स्टेडियममा भएको खेलमा लिभरपुलका लागि रोबटो फिर्मिन्होले टिमका लागि पहिलो गोल गरेका थिए। उनले खेलको ३१ औं मिनेटमा गोल गर्दै लेस्टरविरुद्व पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

यो सिजनमा अप्रत्याशित तरिकाले लिगमा उत्रिएको लेस्टरमाथि अविजित लिभरपुलले खेलको ७० देखि ८० मिनेटबीचमा ३ गोल गरेको थियो। लिभरपुलका मिलनरले ७१ औं मिनेटमा गोल गर्दा फिर्मिन्होले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल ७४ मिनेटमा गरे।

यस्तै एलेक्सजेन्डर अर्नाल्डोले खेलको ७८ औं मिनेटमा लिभरपुलका लागि चौथो गोल गरेका थिए। जीतसँगै लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा कायम छ भने पराजित लेस्टरको ३९ अंक छ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ५० बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत