सावधान ! ट्वीटरबाट यसरी चुहिन सक्छन् तपाईंका गोप्य सूचना « Khabarhub

सावधान ! ट्वीटरबाट यसरी चुहिन सक्छन् तपाईंका गोप्य सूचना


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दो मात्रामा छन् । सामाजिक सञ्जालको प्रयोस सधैँ सही तरिकाले हुन्छ भन्ने हुँदैन यसको दुरुपयोग हुने गरेका घटना पनि धेरै छन् ।

हालै ट्वीटर एकाउन्ट प्रयोगकर्ताका करोडौं फोन नम्बरहरुबाट यूजर्सको एकाउन्ट पत्ता लगाउन सकिने कमजोरी पत्ता लागेको छ ।

माइक्रो ब्लगिंग साइट ट्वीटरको बारेमा एक अनुसन्धानकर्ताले १.७० करोड फोन नम्बरहरु यूजर एकाउन्टसँग म्याच गरेका छन् । उनकाअनुसार त्यसमा कयौं उच्च पदस्थ अधिकारीहरु र नेताहरु रहेका छन् ।

अनुसन्धानकर्ताका अनुसार यो बग केबल ट्वीटरको एन्ड्रोयड एपमा मात्र भेटिएको छ । यो बगका कारण फोन नम्बर एपमा अपलोड गर्दा यूजरको सार्वजनिक नभएको जानकारीहरु समेत हेर्न सकिन्छ ।

सेक्यूरिटी रिसर्चर इब्राहिम बालिकले ट्वीटरको कन्ट्याक्ट अपलोड फीचरको माध्यमबाट जेनेरेटेड फोन नम्बरको पुरै लिस्ट अपलोड गर्न सकिने बताएका छन् । उनले यदि तपाईँको फोन नम्बर अपलोड गर्नुहुन्छ भने तपाईँको पुरै बिवरणहरु प्राप्त गर्न सकिने दाबी गरेका छन् ।

यो सेक्यूरिटी बगबाट अधिकांश प्रभावित यूजर्स इजरायल, टर्की, इरान, ग्रीस, अर्मेनिया, फ्रान्स र जर्मनीका छन् ।

दुई महिना अघि नै बालिकले सिधै यूजर्सलाई सो बारेमा जानकारी दिएको भएपनि ट्वीटरले डिसेम्बर २० मा उनलाई ब्लक गरेको थियो ।

सेक्यूरिटी रिसर्चर बालिकले करिब २० लाख सम्पर्क नम्बरहरुलाई क्रमशः जेनेरेट गर्न सफल भएका थिए । त्यसपछि यसमध्येका केहि नम्बरहरु ट्वीटर एपको माध्यमबाट प्लेटफर्ममा अपलोड गरिएको थियो ।

तर यो कमजोरी ट्वीटरको वेबमा आधारित अपलोड फीचरमा भने छैन् ।

ट्वीटरको एन्ड्रोयड भर्सनमा देखिएको यो कमजोरीका माध्यमबाट ह्याकर वा आक्रमणकारीले कुनैपनि सार्वजनिक नभएको जानकारी यूजर्सको एकाउन्टबाट लिन सक्दछ । यसका साथै एकाउन्ट पनि नियन्त्रण गर्न सक्दछ भने ट्विट वा डाइरेक्ट म्यासेज पनि पठाउन सक्दछ ।

ट्वीटरका प्रवक्ताले भने यो विषयलाई ध्यानमा राखेर काम गरिरहेको र यसले कसैलाई असर नहोस भन्ने बारेमा सर्तक रहेको बताए ।

यसअघि पनि ट्वीटरमा फेब्रुअरीमा एउटा बगका कारण यूजर्सका पुरानो प्राइभेट ट्विटहरु पनि सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : २३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी