स्लिमिङ बेल्टको प्रयोगले साँच्चिकै घट्छ त पेट ? यस्तो छ वास्तविकता « Khabarhub

स्लिमिङ बेल्टको प्रयोगले साँच्चिकै घट्छ त पेट ? यस्तो छ वास्तविकता


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लिमिङ बेल्ट, जसलाई कम्प्रेशन बेल्ट पनि भनिन्छ । साधारण भाषामा यो एउटा यस्तो पेटी हो, जसलाई कम्मरमा बाँध्दा (लगाउँदा) बढेको पेट घट्ने बताइन्छ ।

अहिले धेरै व्यक्तिहरु आफ्नो तौल तथा पेटको आकार (साइज) घटाउनका लागि भनेर यस्तो बेल्ट (पेटी) प्रयोग गर्ने गर्छन् । तर, यसले तौल तथा बढेको पेटको आकार घटाउन वास्तममै काम गर्छ त ? यसतर्फ भने कमैले मात्रै सोच्छन् ।

धेरै मानिसहरुले यस्तो पेटी प्रयोग गरेपछि पेट घटेको महसुस गर्ने गर्छन् । यस्तो महसुस गर्नुको एउटा कारण यो पनि हो कि यसलाई बाँधेपछि कम्मर तथा पेटमा पसिना आउँछ ।

तर, यस्तो पसिना त तपाईंले कम्मर तथा पेटमा कुनै बाक्लो कपडा बाँध्दा पनि आउँछ नि ! स्लिमिङ बेल्टले तपाईंको पेटमा जम्मा भएको बोसो पगालेर पसिना बगाउँदैन । यसले शरीरमा भएको पानीलाई मात्रै पसिनाका रुपमा बाहिर निकाल्ने हो ।

धेरै मानिसहरुमा टेलिभिजन तथा अनलाइन च्यानलहरुमा स्लिमिङ बेल्टबारे देखाइने विज्ञापनको असर परेको हुन्छ । यस्ता विज्ञापनमा सुन्दर शरीर भएका मोडेलहरुलाई प्रयोग गरेर तपाईंलाई ती बेल्टहरु खरिद गर्नका लागि लोभ्याइन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने ती विज्ञापनमा देखिने ती मोडेलहरुले पहिले नै तयार पारिएको स्क्रिप्ट मात्रै पढ्छन् । यो विज्ञापन मात्रै हो ।

यदि तपाईं दैनिक रुपमा व्यायाम गर्नुहुन्छ, जीम जानुहुन्छ भने त्यतिबेला यस्तो बेल्टहरुलाई प्रयोग गर्दा केही लाभ प्राप्त गर्न सकिन्छ । यसले तपाईंको शरीरको पसिना छिटो बगाउनका लागि मद्दत गर्न सक्छ ।

हामीले याद राख्नुपर्ने कुरा के हो भने शरीरको तौल तथा आकार घटाउनका लागि कुनै पनि छोटो विधि हुँदैन । न त जादुमयी तरिकाले नै तौल घटाउनका सकिन्छ । तौल घटाउनका लागि तपाईंले नियमित रुपमा व्यायाम गर्नुपर्ने हुन्छ र आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यदि तपाईंको पेट बढेको छ भने तपाईंले नियमित व्यायाम गरेर, दौडेर, साइक्लिङ गरेर आफ्नो पेट घटाउन सक्नुहुन्छ । तर, पेट घटाउनकै लागि भनेर कुनै पनि स्लिमिङ बेल्टको भर पर्नु भनेको आफ्नो पैसा खेर फाल्नु मात्रै हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ४२ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम