जब १७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजिन्... | Khabarhub Khabarhub

जब १७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजिन्…


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् ।

लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा ठोक्किन पुग्यो ।

यो घटना गत बिहीबारको हो । क्यालिफोर्नियाको फ्रेस्नो योसेमाइट अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको सानो विमानलाई ती किशोरीले चोरी गर्न खोजेकी थिइन् ।

विमानस्थलको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको घेरालाई पार गर्दै ती किशोरी विमानसम्म पुगेकी थिइन् ।

घटनाबाट कुनै व्यक्ति घाइते भने भएका छैनन् । विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती किशोरीलाई तत्काल पक्राउ गरिसकेका थिए ।

अहिले ती किशोरीमाथि विमान चोरी गर्न खोजेको तथा विमानस्थलको नियम उल्लंघन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : २४ बजे

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे

विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौं– विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको