जब १७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजिन्… « Khabarhub

जब १७ वर्षीया किशोरीले विमान नै चोरी गर्न खोजिन्…


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् ।

लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा ठोक्किन पुग्यो ।

यो घटना गत बिहीबारको हो । क्यालिफोर्नियाको फ्रेस्नो योसेमाइट अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको सानो विमानलाई ती किशोरीले चोरी गर्न खोजेकी थिइन् ।

विमानस्थलको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको घेरालाई पार गर्दै ती किशोरी विमानसम्म पुगेकी थिइन् ।

घटनाबाट कुनै व्यक्ति घाइते भने भएका छैनन् । विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती किशोरीलाई तत्काल पक्राउ गरिसकेका थिए ।

अहिले ती किशोरीमाथि विमान चोरी गर्न खोजेको तथा विमानस्थलको नियम उल्लंघन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : २४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले