सशस्त्रका ३८ गोताखोरको बीमा | Khabarhub Khabarhub

सशस्त्रका ३८ गोताखोरको बीमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो ।

सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य २०७४ सालदेखि शुरु गरिएको हो । सो बीमा प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई सो इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आईरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठेरो परिस्थितिमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको बताए ।

चुनौतीपूर्ण कार्यमा खटिईने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनले विभिन्न कल्याणकारी प्याकेजद्वारा सुविधा प्रदान गरिरहेको तथा थप सुविधा प्रदान गर्ने तर्फ संगठन योजनाबद्ध रुपमा लागि रहेको चर्चा गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यसै वर्षदेखि संगठनले नेपालमै गोताखोर तालिम समेत सञ्चालन गरी थप १९ जना व्यवसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको कुर उल्लेख गरे ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : ४९ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै