अफगानिस्तानसँग पनि हार्‍यो नेपाल « Khabarhub

अफगानिस्तानसँग पनि हार्‍यो नेपाल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली यु—२३ टोली एएफसी यु—च्याम्पियनसिप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग पनि पराजित भएको छ । कतारको दोहास्थित स्पोट्स सिटी सेन्टर मैदानमा भएको खेलमा नेपाल अफगानिस्तानसँग २—० गोल अन्तरले पराजित भएको हो ।

छनोटका लागि कतार पुगेको युवा टोली आफ्नो समूहका तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा कतारसँग पराजित भएको नेपाली टोली अफगानिस्तानसँग पनि पराजित भएको हो ।

नेपालविरुद्ध अफगानिस्तानका सोलोमन शाह खोरोमिले २४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ठीक १० मिनेटपछि अर्थात् खेलको ३४ औं मिनेटमा अफगानिस्तानका अहमल ओमरनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २—० गोलको अग्रता दिलाए ।

खेलको पहिलो हाफमै २—० गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि गोल फर्काउन नसक्दा पराजित हुनुपरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ३३ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले