गर्मीले आलस्यता बढ्यो ? खानुस् यी फलफूल | Khabarhub Khabarhub

गर्मीले आलस्यता बढ्यो ? खानुस् यी फलफूल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई स्वास्थ्य राख्न दैनिक प्रशस्त पानी पिउनुपर्छ । यो कुरा सबैलाई जानकारी  छ । तर पानी प्रशस्त पिउनुपर्छ भन्ने जानकारी भएपनि मुख सुकेर तिर्खा लागेको महसुस नभएसम्म पानी नपिउने चलन धेरैको हुनसक्छ । जाडो मौसमभन्दा गर्मीको समयमा शरीरलाई धेरै पानीको आवश्यकता पर्छ ।

गर्मी मौसममा पसिना बग्ने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । शरीरमा पानीको कमी भएका छाला सुख्खा हुने, थकान महसुस हुने, मुख सुक्ने, तिर्खा लाग्ने, टाउको दुख्ने,मांशपेसी बाउडिने, खाना खान मन नलाग्ने लगायतका समस्याहरु देखिन्छ ।

प्रशस्त पानी नपिउदा आलस्यताले तपाईको दैनीक क्रियाकलापमा पनि असर पर्छ । त्यसैले यस्ता समस्याबाट बच्न पानी तथा तरल पदार्थ तथा फलफूल नियमित र प्रशस्त पिउनुपर्छ ।

यी फलफूल खाँदा शरीरमा पानीको कमी हुँदैन

–खरबुजा
खरबुजामा ९२ प्रतिशत पानीमो मात्रा हुन्छ । गर्मी मौसममा दैनीक रुपमा खरबुजा खादा पानीको पूर्तिमात्रै हौन खनिज, भिटामिन र क्यालोरी र फाइबर पनि पाइन्छ ।

–स्याउ
स्यामा फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स लगायतका तत्वहरु पाइन्छ । गर्मीमा स्याउ खादा यी तत्वहरुले शरीरलाई शीतलता प्रदान गर्छ ।

– मेवा
गर्मी मौसममा घाममा धेरै हिड्ने व्यक्तिको छाला डढेर कालो हुन्छ । त्यसैले गर्मी मौसममा छाला डढ्नबाट जोगिन नियमित रुपमा मेवा खानु उपयुक्त हुन्छ । मेवाले मधुमेह, र ब्लड प्रेसर नियन्त्रण गर्नुका साथै शरीरमा लाग्ने घाउचोट पनि छिटो निको पार्छ ।

– काँक्रो
गर्मी मौसममा फुर्तिलो हुन काँक्रो खाँदा लाभदायिक हुन्५ । काक्रोमा ९५ प्रतिशत पानको मात्रा हुने भएकाले यसले शरीरलाई निकै पाइदा गर्छ ।

– भूइँकटहर
गर्मी मौसममा शीतलता पाउन खानै पर्ने अर्को फल भूँइकटहर हो । यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँनुका साथै छालालाई पनि स्वास्थ्य राख्छ ।

– केरा
गर्मी मौसममा केरा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । केराले चिसो महसुस गराउनुका साथै झाडापखाला बाट पनि बचाउँछ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : १३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ