थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत « Khabarhub

थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड – थाइल्याण्डको विपक्षी गठबन्धनले गत आइतबार भएको आम निर्वाचन अन्तर्गत तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको छ । थाइल्याण्डको राजनीतिमा निकै प्रभावशाली मानिने सिनावात्रा परिवार समर्थित फ्यु थाई पार्टी नेतृत्वको डेमोक्र्याटिक फ्रन्ट नामक गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको हो ।

फ्यु थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार सुदरत केयुराफानले पत्रकारहरुसँगको कुराकानीका क्रममा विपक्षी गठबन्धनले तल्लो सदनको ५ सय मध्ये २ सय ५५ सिटमा विजयी भएको जनाएकी हुन् । यद्यपि त्यहाँको निर्वाचन आयोगले निर्वाचनको औपचारिक परिणाम भने घोषणा गरिसकेको छैन ।

७ पार्टी सम्मिलित विपक्षी गठबन्धनले तल्लो सदनमा सामान्य बहुमत ल्याएपनि गठबन्धनले सरकार बनाउन भने सक्नैछैन । सन् २०१४ यता सत्तामा रहेको सैनिक सरकारले सन् २0१७ मा जारी गरेको संविधान अनुसार सरकार बनाउन माथिल्लो सदन सिनेटले पनि मतदान गर्नेपर्ने प्रावधान छ ।

२ सय ५० सिट रहेको सिनेटका सबै सदस्यलाई सरकारले मनोनयन गर्नेपर्ने व्यवस्था रहेकाले दुबै सदनका गरी कुल ७ सय ५० मध्येको सामान्य बहुमत ३ सय ७६ सांसद्ले प्रधानमन्त्री चुन्नेछन् । यस्तोमा माथिल्लो सदनका सदस्यहरुले विपक्षी नेतालाई प्रधानमन्त्रीमा मत नदिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनले तल्लो सदनमा २ सय ५५ सिट नै ल्याएको भएपनि उसले सरकार बनाउन माथिल्लो सदनका थप १ सय २१ सदस्यले विपक्षीलाई मत दिनुपर्ने हुन्छ । वर्तमान सरकारले नै मनोनयन गर्ने भएकाले उनीहरुमध्ये कसैले पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन मत दिने अवस्था भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु