मेलम्चीको मुख्य ठेकेदारले माग्यो २ अर्ब ५२ करोड क्षतिपूर्ति « Khabarhub

मेलम्चीको मुख्य ठेकेदारले माग्यो २ अर्ब ५२ करोड क्षतिपूर्ति


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दी लगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अरव ५२ करोड माग गरेको जानकारी गराएका हुन् ।

समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उनले बुझाएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अरव ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ ।

प्रतिवदेनमा सिएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ । समितिका सदस्य पाण्डेले २ अरव ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनु भन्दा २ अरव ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराए ।

समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराए । प्रतिवेदनमा सिएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : ५३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण