वैवाहिक जीवनमा समस्या छ ? यी हुन् खुसी रहेन उपाय « Khabarhub

वैवाहिक जीवनमा समस्या छ ? यी हुन् खुसी रहेन उपाय


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विवाहपछि मानिसको जीवन एक अर्थमा भन्ने हो भने पूर्ण रुपमा परिवर्तन हुन्छ ।

सम्बन्धहरु विस्तार हुन्छन् भने नयाँ साथीसँगको जीवनयापनले व्यक्तिको दैनिकी र पारिवारीक अवस्थामा समेत फरक पर्न जान्छ ।

वैवाहिक जीवनमा प्रवेश गरेपछि आफ्नालागि मात्र नभइ परिवार, जीवनसाथी, सन्तानका बारेमा पनि सोच बिचार गरेर अघि बढ्नु जरुरी हुन्छ । त्यसैले जीवनसाथीसँगको सम्बन्धलाई पनि सधै राम्रोसँग लैजानु पुरुष र महिलाको चुनौती हुन जान्छ ।

विवाहका लागि पार्टनरको चयन गर्दा आफूलाई जीवन निर्वाह गर्न सहज, कुरा बुझ्ने, समझदारीमा आउने खालको व्यक्तिको चयन आवश्यक हुन्छ ।

यदी यसरी विवाह भएन भने वा एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता भएन भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुन जान्छन् । त्यसैले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र अरुको कुरा सुन्ने वानीको विकास गर्न जरुरी छ ।

वैवाहिक जीवन सम्झौताको जीवन हो भन्दा फरक पर्दैन । सानो सानो विवाद र समस्यामा सम्झौता गर्दै अघि बढ्ने हो भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुँदैन । त्यसका लागि तपाईले केही गर्न जरुरी छ ।

कुरा सुन्ने बानी बसाल्नुहोस्

पारिवारिक सुख चाहनुहुन्छ भने तपाईले आफ्नो पार्टनको कुरा सुन्ने बानीको विकास गर्न जरुरी छ । पतिले पत्नीको र पत्नीले पतिको कुराहरु सुन्ने गर्नाले एकले अर्कालाई स्वीकारेको रुपमा लिने गरिन्छ ।

समस्याहरु भन्ने गर्नुहोस्

पारिवारिक जीवनमा प्रवेश गरेपछि विभिन्न समस्याहरु उत्पन्न हुन जान्छन् । त्यसको समाधान एक्लै गर्न सकिने अवस्था नबन्न सक्छ । त्यसैले तपाईले आफ्नो जीवनसाथीसँग आफ्ना समस्या वा परिवारका समस्याबारे कुरा गर्ने र हल निकाल्ने प्रयास गर्ने गर्नुपर्छ ।

विवादको समाधान

पति पत्नीबीच समस्या वा झगडा पर्नु अस्वभाविक होइन । तर साना साना कुरामा पर्ने विवादहरुमा दुवै पक्षले सम्झौता गर्न जरुरी हुन्छ ।
विवादको समयमा आफू जित्ने वा पार्टनरलाई गल्ती देखाउने तर्फ लाग्नु महाभुल हुन जान्छ । विवाद परिसकेपछि त्यसको समाधान तर्फ जान उपयुक्त हुन्छ । त्यसो गर्न सकियो भने पति पत्नीबीको सम्बन्धमा समस्या उत्पन्न हुँदैन ।

काममा सहयोग

पत्नीले पतिबाट कहिलेकाही भान्सामा सहयोग त कहिले बालबच्चाको हेरचाहमा सहयोगको अपेक्षा गरेको हुन्छन् । त्यस कारण पतिले कहिले काँही पत्नीको लागि खाना बनाउने वा भान्सामा सहयोग गर्ने लगायको बानी विकास गर्नु पर्छ । यदी पत्नीपनि कामबाट फर्किएकी हुन्छिन् भने पतिले भान्सामा सहयोग गर्न सकेको खण्डमा समस्या देखा पर्दैन । पतीलाई परेको अन्य समस्यामा पनि पत्नीले सहयोगीको भूमिका खेल्नु पर्ने हुन्छ ।

आर्थिक समस्या

कहिलेकाही पतिपत्नीमा आर्थिक कारणले समस्या पर्ने देखिएको छ । यदी त्यस्ता समस्या परेको खण्डमा कमाइ र खर्चबारे पति पत्नीले हिसाव गर्ने र खर्चमा मितव्ययीता अपनाउनुपर्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ४ : ०८ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन