यी युवतीसँग श्रीलंका प्रहरीले किन माग्यो माफी ? « Khabarhub

यी युवतीसँग श्रीलंका प्रहरीले किन माग्यो माफी ?


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्ने अमारा मजीद एक मुस्लिम अभियन्ता हुन् ।

उनले विश्वभरका मुसलमानमा व्याप्त चालचलनका बारेमा अभियान चलाउने गरेकी छिन् । उनले मुसलमानको चलन तोड्ने विषयमा एक किताव लेखेकी छिन् । किताबको नाम हो–‘द फरेनर्स’ ।

हालसालै अमारामाथि एक गम्भीर आरोप लाग्यो जसका कारण उनी निकै दुःखी भइन् ।

श्रीलंका सरकार र प्रहरीले गलतीले आमारालाई कोलम्बोमा भएको आत्घाती धमाकाकालागि जिम्मेवार मानेको र इस्लामिक स्टेटसँग जोडिएको संदिग्ध बताएको थिए ।

जब यो समाचार उनले थाहा पाइन् तब उनले ट्वीट गरिन् ।

‘आज विहान मलाई थाहा भयो कि श्रीलंकाको सरकारले गलत तरिकाबाट इस्टरमा आइतबार भएको हमलाको सिलसिलामा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने संदिग्धको रुपमा मेरो पहिचान गरेको छ, यो कस्तो विहानी ।’

आमाराले लेखेकि छिन्, ‘सबैलाई थाहा छ कि यो पूर्ण रुपमा गलत छ र म भन्न चाहन्छु कि हाम्रो समुदाय पहिलादेखि नै कडा निगरानीसँग लडिरहेको छ, कृपया मलाई यो भयानक हमालासँग जोड्न बन्द गरियोस् र आगमी दिनहरुमा यस्ता सूचना जारी गर्नुभन्दा पहिला ध्यान दिनुहोस् ।किनकी यसले कसैको परिवार र समूदायमा गहिरो असर पर्छ ।’

आमाराको ट्वीटपछि श्रीलंकाली प्रहरीले एक वक्तव्य जारी गर्दै आफ्नो गल्तीको लागि माफी मागेको छ र भनेको छ,‘यो तस्वीरमा देखाइएकी महिला वान्टेड होइनन् ।’

आइतबार श्रीलंकाको राजधानी कोलम्बोमा विभिन्न आठ स्थानमा भएको श्रृंखलावद्ध विस्फोटमा २५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ५ : १८ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका