रविन्द्र मिश्रको पार्टी विवेकशील साझाको नाम फेरियो | Khabarhub Khabarhub

रविन्द्र मिश्रको पार्टी विवेकशील साझाको नाम फेरियो


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले नाम फेरेको छ । पार्टीको नाम अब ‘साझा विवेकशील पार्टी’ रहने छ ।

वैशाख ११ गतेदेखि १३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम फेर्ने निर्णय गरेको हो । बैठकले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय गरेको हो । शनिबार बैठकको निर्णय सार्वजनिक गर्दे संयोजक रविन्द्र मिश्रले पार्टीले आउदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।

मुलुकमा दुईतिहाईको सरकार बन्दै गर्दा आमजनताले अपेक्षा गरेको सुख सम्मृद्धि र विकासले अपेक्षाकृत फड्को मार्नुको सट्टा सरकार नै विभिन्न विवादास्पत काण्डै काण्डमा मुछिदै गएकोे उनले टिप्पणी गरे ।

सरकारका विभिन्न निकायमा रहेका असक्षम नेतृत्वका कारण मुलुकमा सामाजिक रुपान्तरण र सम्मृद्धिको विषय झन पछि पर्दै गएको टिप्पणी गरे ।

हालै सरकारले गरेको लगानी सम्मेलनमा उद्योग मन्त्रीको प्रस्तुतीबाट नै सक्षम नेतृत्व चयनमा सरकारको असक्षमता प्रष्ट देखिएको उनको तर्क थियो ।

पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ५ : ४८ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली