बजेटको तयारी–वृद्धभत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत बढ्ने « Khabarhub

बजेटको तयारी–वृद्धभत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत बढ्ने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल जेठ १३ गते सोमबार । आज प्रकाशित नागरिक दैनिकले विप्लवको बलमे आफ्नै कार्यकर्ताको ज्यान लियो शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै वृद्धभत्ता पाँच सय र २० प्रतिशत सम्म तलब बढ्ने शीर्षकको अर्को समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

समाचारमा भनिएको छ– नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचा अनुसार आगामी वर्षको बटेजमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने भनेको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले यो वर्ष सुरक्षाभत्ता मात्र नभइ सरकारी कर्मचारीको तलबभत्ता पनि बढाउने तयारी गरेका छन् । पूर्वअर्थमन्त्री विष्णु पौडेले २०७३ सालमा तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाएका थिए । त्यसपछिका तीन वर्षमा कर्मचारीको तलब बढेन । तर यसबीच महँगीभत्ता भने दुई हजार बढेको छ ।

‘तीन वर्षदेखि सरकारी कर्मचारीको तलब नबढेका कारण आगामी बजेटमा बढाउनुपर्ने बाध्यतामा अर्थमन्त्री हुनुहुन्छ’ अर्थमन्त्रालयका एक उच्चअधिकारीले भने ।

ती अधिकारीका अनुसार राजस्व वृद्धिदर चालु आवमा सरकारले सोचेअनुसार नभएको र आगामी वर्षमा पनि २५ प्रतिशत भन्दा माथि जान नसक्ने देखिएकोले बजेट बनाउन स्रोतको ठूलो चाप परेको छ ।

‘अहिलेको तलबमा उपल्लो तहकालाई १० प्रतिशत र तल्लो तहकालाई २० प्रतिशतभन्दा बढी बढाउन सकिँदैन । यो नै सबैभन्दा ठूलो बिन्दू हो’ अर्थका उच्च अधिकारीले भने ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु