विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा शंस्कास्पद बस्तु फेला | Khabarhub Khabarhub

विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा शंस्कास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव समूले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

पार्टी कार्यकर्ता प्रहरीको गोली लागि आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको हत्या भएको भन्दै विप्लव समूहले आज बन्दको आह्वान गरेको छ ।
काठमाडौं उपत्यकामा बन्दको असर खासै नपरे पनि उपत्यका बाहिर भने बन्दको प्रभाव परेको छ ।

काठमाडौंबाट बाहिरिने र भित्रने सावरी चल्न सकेको छैन । भने उपत्यकामा पनि विहान भाडाका सवारी कम मात्र चलेका छैन् ।

देशका विभिन्न स्थानमा विहानै देखि संकास्पद बस्तुहरु फेला परेको छ । धादिङमा रहेको राजमार्गको विभिन्न स्थानमा विहाननै बम फेला परेको थियो । बम फेला परेसँगै सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

मोरङको सुन्दर हैरैचा ७ ठडिया चोक नजिक शंकास्पद बस्तुफेला परेको छ । जसलाई डिस्पोज गर्न सेनाको टोली त्यसतर्फ जाँदै छ ।

आइतबार(हिजा) अपराह्नदेखि राजधानीका घट्टेकुलो, सुकेधारा थानकोटमा बम विस्फोट भएको थियो जसमा चार जनाको मृत्यु भएको थियो ।

त्यस्तै ललितपुरको लगनखेल, सानेपा, ग्वार्को लगायतका स्थानमा बम फेला परेको थियो । जसका कारण उपत्यकाको जनजीवन आतंकित बनेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : २४ बजे

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग