दुई वटा ट्रकसहित यात्रु बसमा आगजनी, देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला « Khabarhub

दुई वटा ट्रकसहित यात्रु बसमा आगजनी, देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् भने दुई स्थानमा सवारी साधनमाथि आगजनी गरिएको छ । त्यस क्रममा एक जना घाइते भएका छन् ।

मकवानपुर र नवलपुरमा दुईवटा सावारीसाधनमा आगजनी गरिएको छ । हेटौंमा मिनी ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीका कारण ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

त्यस्तै नवपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरिएको छ जसका कारण ट्रक चालक घाइते भएका छन् ।

भक्तपुरमा फेला परेको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले निस्कृय पारेको छ ।

सोमबार(आज) विहान फेला परेको शंकास्पद बस्तुलाई निस्कृय पारिएको हो । सेतो झोलामा फेला परेको शंकास्पद बस्तु विहान तीन बजे प्रहरीको मोबाइल गस्ती टोलीले फेला पारेको थियो ।

धादिङ, अर्घाखाँची, रौतहट, मोरङ, कपिलवस्तु लगायतका जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको छ । जसलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।

सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो

नेतृविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानहरुमा बम र आगजनी गरिएको प्रहरीले आशंका गरेको छ ।

आइतबार(हिजो) राजधानीको घट्टेकुलो र सुकेधारमा भएको विस्फोटमा ४ जनाको निधन भएको थियो भने आधा दर्जन बढी घाइते भएका थिए ।  हिजो साँझ राजधानीका विभिन्न स्थानमा बम फेला परेको थियो ।

आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको गोली हानी हत्या गरिएको भन्दै विप्लव समूहले त्यसको विरोधमा नेपाल बन्दको आह्वान गरेको थियो ।
बन्दको प्रभाव उपत्यकामा सामान्यमात्र परेपनि उपत्यका बाहिर भने प्रभाव परेको छ ।

सवारीसाधन चल्न सकेका छैनन् भने विद्यालय, शैक्षिक संस्था, उद्योग, यातायात चल्न सकेको छैन । उपत्यकाबाट बाहिरिने र भित्रने लामो दूरीको सवारी साधन फाट्टफुट्ट मात्र चलेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ३० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही