बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, स्थानीय आतंकित | Khabarhub Khabarhub

बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, स्थानीय आतंकित


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा आज (सोमबार) बिहान शंकास्पद वस्तु फेला परेको छ ।

वडा नम्बर ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा ती वस्तु राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

त्यस्तै तनहुँमा दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा शंकास्पद वस्तु फेला परेको हो ।

नाहला राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला परेको छ ।

कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरु भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ ।

डिस्पोजका लागि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ४५ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो