वार्तामा आउन विप्लवलाई सरकारको आह्वान « Khabarhub

वार्तामा आउन विप्लवलाई सरकारको आह्वान


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरेका छन् ।

संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृह मन्त्री थापाले कानून मिचेकाले, गैरकानूनी काम गरेका कारण उनीहरुलाई कानूनी दायरामा ल्याउनेर वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने काम गरिरहेको दाबी गरे ।

संसदमा मन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमामा ४ वटा कम्पनी दर्ता गरेर अवाञ्छित गतिबिधि गरिरहेको जानकारी सरकारले पाएको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल भइरहेको समेत जानकारी दिएका छन् ।

उनले भने,‘ नेकपा विप्लव भनिने समुहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौँ । उनीहरुलाई मूलधारमा ल्याउन, उनीहरुका गतिबिधिहरु नियन्त्रण गर्न राज्य प्रयाससरत छ ।’

संसदमा गृहमन्त्री बम विस्फोटका क्रममा मारिनेहरु जनता नभएको भनेपछि संसदमा सांसदहरुले त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले मन्त्री थापाले भनेको नागरिक हैनन् भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे । जवाफमा सभामुख कृष्णबहादुर महराले संसदको ध्यानाकर्षण भएको बताए ।

संसदमा समसामयिक विषयमाथि बोल्ने क्रममा मन्त्री थापाले हिजो विभिन्न स्थानमा भएका बम विस्फोटमा ज्यान गुमाएका मानिस सामान्य नागरिक नभएको बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ४४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका