विप्लव वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका छन् : प्रचण्ड « Khabarhub

विप्लव वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका छन् : प्रचण्ड


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्व समूहले वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका बताएका छन् ।

आइतबार राजधानीमा भएको बम विस्फोट र सोमबार भएको बन्द आह्वान विप्लव समूह वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको पनि प्रचण्डको भनाइ छ ।

सोमबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा बम विस्फोट हुँदा राजनीतिक स्थिरता नडगमगाउने पनि बताए ।

‘यो विस्फोट, बन्द आदि शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि गर्नुभएको हो कि ?’ प्रचण्डले भने, ‘मैले चाहिँ त्यसरी पनि बुझेको छु ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : ०५ बजे

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले