४ घण्टाको अप्रेशनपछि पेटबाट निकालियो चम्चादेखि ढोकाको चुकुलसम्म « Khabarhub

४ घण्टाको अप्रेशनपछि पेटबाट निकालियो चम्चादेखि ढोकाको चुकुलसम्म


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतका चिकित्सकहरुले ४ घण्टा लामो शल्यक्रिया पछि एकजना बिरामीको पेटबाट चम्चा, स्क्रु ड्राइभर, दाँत माझ्ने ब्रस, चक्कु र ढोकाको चुकुल निकालेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको मण्डी जिल्लास्थित लालबहादुर शास्त्री सरकारी मेडिकल कलेजका डाक्टरहरुले मानसिक सन्तुलन गुमाएका एकजनाको पेटबाट ती सामानहरु बाहिर निकालेका हुन् ।

मानसिक सन्तुलन गुमाएका बिरामी २५ वर्षे करण सेन रहेको बताइएको छ । उनले केही समयअघि बेस्सरी पेट दुखेको गुनासो गरेका थिए । उनको पेटमा मासु पलाएको हुनसक्ने भन्दै चिकित्सकहरुले गरेको एक्स रे तथा रेडियोग्राफी परीक्षणबाट बाहिरी सामानहरु उनको पेटमा रहेको फेला पारेका थिए ।

बिरामीले विगत २० वर्षअघि मानसिक सन्तुलन गुमाएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी हाल खतरामुक्त रहेको मेडिकल कलेजले जनाएको छ । उनको पेटबाट ८ वटा चम्चा, दुई स्क्रु ड्राइभर, दुई दाँत माझ्ने ब्रस, एउटा भान्सामा प्रयोग हुने चक्कु, र ढोकाको एउटा चुकुल फेला परेको थिया ।

त्यस मेडिकल कलेजमा यस्तो किसिमको शल्यक्रिया पहिलोपटक भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : ४८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका