आगामी वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुन्छ : अर्थमन्त्री खतिवडा « Khabarhub

आगामी वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुन्छ : अर्थमन्त्री खतिवडा


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा ७ प्रशितको आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने बताएका हुन् ।

सोमबार प्रतिनिधिसभा वैठकमा चालू आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको अधिकांश सूचकहरु उत्साहजनक देखिएको दाबी गरे ।

अर्थमन्त्रीले सार्वजनिक गरेको सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता समेत बढेको बताए ।

विगतका धेरै दशकयता पहिलो पटक आन्तरिक बचतले कूल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको दाबी गर्दै अर्थमन्त्री खडिवडाले यसले राष्ट्रिय पूँजी निर्माणका लागि उल्लेख्य योगदान दिने बताए ।

सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दाबी गरिएको छ ।

अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको बताए ।

उच्च आर्थिक वृद्धि, सामाजिक तथा आथिृक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिवी क्रमिक रुपमा घट्दै गएको उनको भनाइ थियो ।

अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खरव ५७ अरव पुग्ने अनुमान गरिएको पनि बताए ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको सो आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढन गएको दाबी गरे । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७५/७६ को अवधिमा व्यापार घाटा ८ खर्ब ८८ अर्ब रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : १६ बजे

काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी 

दोलखा– दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ७ हजार ८६७ मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै