रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा « Khabarhub

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेकुमार चौधरीले फराकिलो अग्रता बनाएका छन्।

हालसम्मको मतगणनाअनुसार चौधरीले ७०६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका योगेन्द्र राय यादवले ५६७ मत प्राप्त गरेका छन्।

अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा नेपाली कांग्रेसका अनिलकुमार झाले ३१२ मत पाएका छन् । उता नेकपा (एमाले) का अजयकुमाार गुप्ताले २८८ मत ल्याएका छन् ।

यहाँको आश्चर्यजनक परिणाम भनेको पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल २२६ मतसहित पाँचौँ स्थानमा छन्।

रौतहट १ नेपालले निरन्तर जित्दै आएको क्षेत्र हो । तर यो क्षेत्रमा नेपाललाई यस पटक मतदाताले पत्याउने अवस्था देखिएको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०५ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी