काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता « Khabarhub

काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले फराकिलो अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार अर्यालले ५ हजार ५ सय ५९ मत प्राप्त गर्दै अन्य उम्मेदवारलाई निकै पछाडि पारेका हुन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले पछ्याइरहेकी छन् । बास्तोलाले हालसम्म १ हजार १ सय १६ मत प्राप्त गरेकी छन् । रास्वपाका अर्याल र कांग्रेसकी बास्तोलाबीचको मतान्तर निकै ठूलो रहेको छ ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार अजयक्रान्ति शाक्य ९ सय ७० मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिलकुमार कार्कीले २ सय १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०७ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी