विप्लव समूहले हिंसा त्याग्ने संकल्प गरे वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा « Khabarhub

विप्लव समूहले हिंसा त्याग्ने संकल्प गरे वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्ने बताएका छन् । विप्लव समूहले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि मन्त्री बास्कोटाले बताए ।

सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएकाले उक्त प्रतिबन्ध फिर्ता लिन नसकिने बास्कोटाको भनाइ छ ।

‘मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प छैन,’ सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले भने ।

संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सरकारले सधैं सम्मान गर्ने पनि बताए ।

कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने सरकारको चाहना, उद्देश्य र लक्ष्य नभएको मन्त्री बास्कोटाको भनाइ थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : ३५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने