विप्लव समूहले हिंसा त्याग्ने संकल्प गरे वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा « Khabarhub

विप्लव समूहले हिंसा त्याग्ने संकल्प गरे वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्ने बताएका छन् । विप्लव समूहले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि मन्त्री बास्कोटाले बताए ।

सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएकाले उक्त प्रतिबन्ध फिर्ता लिन नसकिने बास्कोटाको भनाइ छ ।

‘मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प छैन,’ सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले भने ।

संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सरकारले सधैं सम्मान गर्ने पनि बताए ।

कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने सरकारको चाहना, उद्देश्य र लक्ष्य नभएको मन्त्री बास्कोटाको भनाइ थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : ३५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब