दुई दिनमा ५ विष्फोट, ३४ बम डिस्पोज, कहाँ के भयो ? (सूचीसहित ) | Khabarhub Khabarhub

दुई दिनमा ५ विष्फोट, ३४ बम डिस्पोज, कहाँ के भयो ? (सूचीसहित )


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रवित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार (आज)को बन्दलाई लक्षित गरी आइतबारदेखि मच्चाइएका ध्वंसात्मक गतिविधिले मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।

आइतबार भएको विस्फोटमा ४ जनाले ज्यान गुमाए ।  प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार दुई दिनको अवधिमा ४ जनाको मृत्यु भएको र ७ जना घाइते भएका हुन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, दुइ दिनको अवधिमा अराजक गतिविधिमा संलगन १३ जना पक्राउ परेका छन् ।

त्यसैगरी ३४ स्थानमा राखिएका बम निस्कृय पारिएको छ भने ११ ठाउँमा राखिएका संकास्पद वस्तु निस्कृय पारिपएको छ ।

५ स्थानमा बम विप्फोट भएको र ८ स्थानमा आगजानी तथा तोडफोड भएको प्रहरीले जनाएको छ । आइतबार र सोमबार मुलुकका विभिन्न स्थानमा गराइएका विस्फोट, आगजनी र विभिन्न स्थानमा भेटिएका शंकास्पद वस्तुका कारण सुरक्षा चुनौतीमाथि गम्भीर प्रश्न उब्जिएको छ ।

कहाँ के भयो ?

विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभावि उपत्यका बाहिरका जिल्लामा बढी देखियो ।  बन्दका क्रममा पोखराका तीन ठाउँमा शंकास्पद वस्तु फेला परेका थिए । शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिएका हुन् ।

यसैबीच, ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरे । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, मकवानपुरको जनजीवन प्रभावित बन्यो । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भयो भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरेको हो ।

हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए ।

यसैबीच, नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा विप्लवका कार्यकर्ताले पेट्रोल बम प्रहार गरी आगजनी गरे । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् ।

उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ०८ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा