महिला लिगको अवधि लम्ब्याइयो, भदौ २० देखि शुरु हुने | Khabarhub Khabarhub

महिला लिगको अवधि लम्ब्याइयो, भदौ २० देखि शुरु हुने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने उपराष्ट्रपति कप महिला फुटबल लिग आगामी भदौमा हुने भएको छ ।

यसअघि एक साता हुने गरेका लिग अब एन्फाले ६ महिनासम्म सञ्चालन गर्ने जानकारी दिएको छ । भदौ २० गतेबाट सुरू हुने लिग माघ अन्तिममा सकिने एन्फाले जनाएको छ । ७ प्रदेश र तीन विभागीय टोली गरी लिगमा १० टोली सहभागी हुनेछन् ।

६ महिनासम्म चल्ले लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । यसअघि देखि नै पुरुष लिग महिनौ सम्म चल्दा महिला लिग एक सातामा सकिने भन्दै एन्फाको आलोचना भएपछि एन्फा नेतृत्वले महिला लिगको समयावधि परिमार्जन गरेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : २९ बजे

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।