सैनिक जवान हत्याको आरोपमा पक्राउ « Khabarhub

सैनिक जवान हत्याको आरोपमा पक्राउ


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- बिजुलीको खम्बामा बाँधेर कुटपिट गरी सैनिक जवानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिकाको तेनुवापट्टिमा गत वैशाख २८ गते राति सैनिक जवान बरियारपट्टि–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहको स्थानीयवासीको कुटपिटबाट मृत्यु भएको थियो । गम्भीर घाइते सिंहले उपचारका क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

संखुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुली पोलमा बाँधेर कुटपिट गरेका थिए । घटनापछि गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ९ : ०१ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा