सैनिक जवान हत्याको आरोपमा पक्राउ « Khabarhub

सैनिक जवान हत्याको आरोपमा पक्राउ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- बिजुलीको खम्बामा बाँधेर कुटपिट गरी सैनिक जवानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिकाको तेनुवापट्टिमा गत वैशाख २८ गते राति सैनिक जवान बरियारपट्टि–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहको स्थानीयवासीको कुटपिटबाट मृत्यु भएको थियो । गम्भीर घाइते सिंहले उपचारका क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

संखुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुली पोलमा बाँधेर कुटपिट गरेका थिए । घटनापछि गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : ०१ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा