अझै नियन्त्रणमा आएन डेंगु : काठमाडौंवासीलाई सजग आग्रह « Khabarhub

अझै नियन्त्रणमा आएन डेंगु : काठमाडौंवासीलाई सजग आग्रह


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वीतराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन्। धरान, विराटनगर, इटहरी र झापालगायत क्षेत्रमा एक महिनायता सात सय ६९ बिरामीमा डेंगु पुष्टि भएको छ। सो क्षेत्रमा डेंगु केही हदसम्म नियन्त्रणमा भए पनि निर्मूल नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताएको नयाँ पत्रिकामा खबर छ ।

अहिले काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा देखिएकाले सचेत रहन चिकित्सकले सुझाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले राजधानी सधैँ कीटजन्य रोगको उच्च जोखिममा रहेको बताए। ‘डेंगुका बिरामी हाल अस्पताल त आएका छैनन्। तर, उनीहरू यो रोगको उच्च जोखिममा भने छन्,’ डा. पुनले भने, ‘त्यसैले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ।’

इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले पनि राजधानी डेंगुको उच्च जोखिममा रहेको बताएको छ। काठमाडौंमा पनि एडिज नामक लामखुट्टे भएकाले डेंगु फैलिन सक्ने पोखरेलले बताए। जमेको सफा पानीमा बस्ने यो लामखुट्टेको टोकाइबाट डेंगु सर्छ। सबै उमेरका व्यक्तिलाई डेंगुको संक्रमण हुने भए पनि बालबालिकामा छिटो फैलिने उनले बताए।

काठमाडौंका वनस्थली, टेकु, बागमती र ललितपुरका केही क्षेत्र डेंगुको उच्च जोखिम रहेको चिकित्सकको भनाइ छ। गत वर्ष काठमाडौंमा १० जनामा डेंगु संक्रमण देखिएको थियो।

घरवरिपरि सरसफाइ गरी पानी जम्ने ठाउँ पुर्न तथा गमला, पुराना टायर पनि घर वरिपरि नराख्न डा. पुनको सुझाब छ। यस्तै, लामखुट्टेको टोकाइबाट जोगिन झुल, धुप वा क्रिम प्रयोग गर्न सुझाएका छन्।

यसैबीच काठमाडौंमा डेंगुको जोखिम छ। बर्खामा राम्रोसँग पानी आए डेंगु नदेखिन सक्छ। तर, सफा पानी जम्यो भने देखिन बेर लाग्दैन। वनस्थली, टेकु, बागमती क्षेत्रमा बढी जोखिम देखिन्छ। तर, डेंगु कहाँ हुन्छ ठ्याक्कै ‘स्किन’ गर्न सकिएको छैन। त्यसैले काठमाडौंवासी सजग हुनुस्। फैलिसकेपछि नियन्त्रण गर्न समस्या पार्छ। अहिले त तीन तह सरकारको समन्वयले झन् समस्या ल्याउन सक्छ। स्थानीय तहले हेर्ने भएकाले विशेष चासो त उसैले दिनुपर्छ। अहिले डेंगुका लार्भा खोजेर नष्ट गर्ने समय हो।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : २८ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध