इजिप्टको जितमा सलाहको गोल निर्णायक « Khabarhub

इजिप्टको जितमा सलाहको गोल निर्णायक


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार फरवार्ड मोहम्मद सलाहले खेलको दोस्रो गोल गर्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

इजिप्टमा जारी खेलको समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान इजिप्टले डिआर कङ्गोलाई पराजित गर्दै अन्तिम १६ पक्का गरेको हो ।

इजिप्टले कङ्गोलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमै दुई गोल गरेको इजिप्ट अन्तिम १६ मा पुग्दा दोस्रो हाफभर पनि इजिप्टविरुद्ध गोल फर्काउन असफल रहेको कङ्गो समूह चरणबाटै बाहिरिएको छ ।

कङ्गोविरुद्ध इजिप्टका अहमद एलमोहमदीले खेलको २५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सलाहले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाउँदा उनको उक्त गोल नै टिमको जितका लागि निर्णायक बन्यो । अब अन्तिम १६ मा इजिप्टले नाइजेरियासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन