दुई छोरीपछि नियोजन गर्ने दम्पतीलाई सम्मान गरिने | Khabarhub Khabarhub

दुई छोरीपछि नियोजन गर्ने दम्पतीलाई सम्मान गरिने


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नमोबुद्ध नगरपालिकाले दुई छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ । नगरप्रमुख टङ्कप्रसाद शर्माले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक अवसरमा यस्तो नीति प्रस्तुत गरेका हुन् ।

‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगरप्रमुख शर्माले बताए । उनले भने, ‘दुई छोरी जन्मिएपछि निराश बनेका परिवारलाई खुशीतर्फ परिणत गराउन चाहन्छौँ, यसको विकल्पमा दम्पती सम्मान तथा केही सुविधा तय गर्नेछौँ ।’ महिला तथा बालालिकालाई नीतिगत नै सम्बोधन गरिएको पनि उनले बताए ।

दम्पती सम्मान नीतिले ‘दुई सन्तान : वरदान’ भन्ने जनउक्तिलाई नगरवासीले आत्मसात गर्ने उद्देश्य पनि रहेको नगरप्रमुख शर्माले बताए । ‘छोराको बहानामा अर्को बच्चा जन्माउने क्रममा पुनः छोरी जन्मिँदा परिवार नै निराशाजनक अवस्थामा रहिरहने तथा केही परिवार विखण्डित भइरहेको घटना रोक्न यस्तो नीति आवश्यक थियो’, शर्माले भने । केही दिनभित्र कार्यविधि बनाउँदा दम्पती सम्मानको सूचक तयार गरी सम्मान गर्न थालिने उनले जानकारी दिए।

नीतिअनुसार दुई छोरीका आमाबाबु सम्मान गर्न पहिलो छोरी भएको अभिलेखसमेत राखिनेछ । ‘हामी स्थानीय तहमा निर्वाचित भई आएपछि दुई छोरीका आमाबाबुको तथ्याङ्क पनि सङ्कलन गरी सम्मान गर्छौँ’, नगरप्रमुख शर्माले भने । उनका अनुसार सम्मान तथा सुविधाका लागि दुई छोरी मात्रै भएको र श्रीमान् श्रीमतीमध्ये एकले स्थायी परिवार नियोजन गरिएको प्रमाणपत्र नगरमा पेश गरे ।

दम्पती सम्मान कार्यविधि तयार गर्दा नगरले दुई छोरीको शिक्षामा थप सुधारका लागि प्रोत्साहित गर्न सहयोग गर्ने र सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा छोरीको आमाको बीमा रकम नगरले व्योहोर्ने जनाइनेछ ।

दम्पती सम्मान नीतिसँगै नगरका वृद्धवृद्धाको घरमै स्वास्थ्य सेवा पुर्‍याइने योजना बनाइएको छ । कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर वृद्धवृद्धाको स्वास्थ्य जाँच तथा गम्भीर रोग देखिए उपचारार्थ सिफारिस गर्नेछन् । एक वर्षभित्र बाल श्रममुक्त नगर घोषणा गरिने नीति पनि ल्याइएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयमा बालमैत्री कक्षा, बालविकास केन्द्रका शिक्षकलाई मनोचिकित्सा तालीम दिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरप्रमुख शर्माले ‘कृषि, वातावरण, व्यापार, पर्यटन तथा उद्योगको विकास, सुन्दर र समृद्ध नगरपालिका निर्माण : हाम्रो सशक्त अभियान’ भन्ने मूल नाराका साथ आउँदो आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : २४ बजे

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा

पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न सेनासँग रामकुमारीको माग

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेपाली सेनासँग

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन-जी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा