पूर्वमुख्यसचिव मल्लको निधन « Khabarhub

पूर्वमुख्यसचिव मल्लको निधन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ ।

मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको ७८ वर्षको उमेरमा विहीवार बिहान ३: १५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको मल्लका भाइ राजुमानसिंह मल्लले जानकारी दिए ।

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । स्वर्गिय मल्लकी श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए ।

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए ।उनी जर्मनीका लागि नेपाली राजदूतसमेत थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : ४९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन