विदेशमा रहेका नेपालीको सुरक्षालाई उचित व्यवस्था गर्न महावाणिज्यदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन « Khabarhub

विदेशमा रहेका नेपालीको सुरक्षालाई उचित व्यवस्था गर्न महावाणिज्यदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई बिहीबार विहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदूतहरुलाई सचेत गराएका थिए ।

यसैगरी उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्यदूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदूतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन । भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदुतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंशा गरेका थिए ।

नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ ।

ती महावाणिज्य दुतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो । सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ३२ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको