ओरालो लागेको शाहिदको करिअरलाई ‘कबीर सिंह’ ले राहत दिएको हो ? « Khabarhub

ओरालो लागेको शाहिदको करिअरलाई ‘कबीर सिंह’ ले राहत दिएको हो ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले जस्तो सफलता पाइरहेको छ, त्यो सफलता शाहिद कपूरले यसअघि अनुभव गर्न पाएका थिएनन् । शाहिदले लामो समय फिल्म क्षेत्रमा काम गरे । तर, कमै फिल्मले मात्र उनलाई चिनायो । भलै शाहिदलाई राम्रो अभिनय गर्ने अभिनेता पनि भन्ने गरिन्छ ।

राम्रो फिल्म दिएर पनि सफलता खासै हात नपारेका शाहिदलाई ‘कबीर सिंह’ ले भने गज्जबको प्रतिक्रिया दिएको छ । फिल्मले बक्स अफिसमा २ सय करोड सजिलै कमाउने अनुमान गरिएको छ । यहाँसम्म कि, शाहिदको फिल्ममध्ये ‘कबीर सिंह’ करोड क्लबमा पुग्ने पहिलो फिल्म बन्न पुगेको छ । २८ फिल्मपछि शाहिदले यो सफलताको स्वाद चाखेका हुन् ।

यो सफलताका लागि शाहिदले झण्डै १६ वर्ष कुर्नुपर्‍यो ।

शाहिद कपूरले ‘इश्क–विश्क’ बाट बलिउडमा कदम राखेका थिए । यो फिल्म सन् २००३ मा रिलिज भएको थियो । ‘कबीर सिंह’ लाई शाहिद कपूरको डुब्दै गरेको करिअरमा इट्टा थपेको एक फिल्मका रुपमा हेरिएको छ । यो फिल्मपछि शाहिदका फ्यान फलोइङ झनै थपिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ५९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल