करिश्माले पढेको स्कुलका ‘हेडसर’ले भने– रिजल्ट हेर्न आतुर छौं « Khabarhub

करिश्माले पढेको स्कुलका ‘हेडसर’ले भने– रिजल्ट हेर्न आतुर छौं


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसईईको परीक्षाफल केही बेरमा प्रकाशन हुँदैछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

यो वर्षको एसईई पहिलो पटक प्रदेश स्तरमा सञ्चालन भएको थियो भने केही चर्चित व्यक्तिले पनि परीक्षा दिएका छन् ।

अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई परीक्षा दिएका छन् । उनीहरुको नतिजा कस्तो आउँला भनेर धेरैले चासो राखिरहेका छन् ।

उनीहरुको नतिजा कस्तो आउने भन्ने कुरा जान्नका लागि रिजल्टलाई नै कुर्नुको विकल्प छैन ।

अभिनेत्री मानन्धरले अध्ययन गेरेको विद्यालय त्रिवेणी माध्यामिक विद्यालयका प्रधानाध्यापक वाङदेन लामाले करिश्मा राम्रो अध्ययन गर्ने विद्यार्थी भएका कारण नजिता राम्रो आउनेमा आफू आशावादी भएको बताए ।

स्कूलमा भर्ना भएको समयमा पढाइमा केही कमजोर भएपनि पछि करिश्माको अध्ययनमा सुधार आएको प्रधानाध्यापक लामाले बताए ।
तर यही ग्रेडिङ आउँछ भनेर आफूले भन्न नसक्ने उनको भनाइ छ । परीक्षामा सबैले आफूले सोचेको जस्तो नतिजा आउन नि सक्ने नआउन नि सक्छ– लामा भन्छन् ।

सेलिब्रेटि भएका कारण र आफ्नो विद्यालयको विद्यार्थी भएका कारण उनको रिजल्ट हेर्न आफूहरु आतुर भएको प्रधानाध्यापक लामाले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ३ : ४१ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्