करिश्माले पढेको स्कुलका ‘हेडसर’ले भने– रिजल्ट हेर्न आतुर छौं « Khabarhub

करिश्माले पढेको स्कुलका ‘हेडसर’ले भने– रिजल्ट हेर्न आतुर छौं


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसईईको परीक्षाफल केही बेरमा प्रकाशन हुँदैछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

यो वर्षको एसईई पहिलो पटक प्रदेश स्तरमा सञ्चालन भएको थियो भने केही चर्चित व्यक्तिले पनि परीक्षा दिएका छन् ।

अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई परीक्षा दिएका छन् । उनीहरुको नतिजा कस्तो आउँला भनेर धेरैले चासो राखिरहेका छन् ।

उनीहरुको नतिजा कस्तो आउने भन्ने कुरा जान्नका लागि रिजल्टलाई नै कुर्नुको विकल्प छैन ।

अभिनेत्री मानन्धरले अध्ययन गेरेको विद्यालय त्रिवेणी माध्यामिक विद्यालयका प्रधानाध्यापक वाङदेन लामाले करिश्मा राम्रो अध्ययन गर्ने विद्यार्थी भएका कारण नजिता राम्रो आउनेमा आफू आशावादी भएको बताए ।

स्कूलमा भर्ना भएको समयमा पढाइमा केही कमजोर भएपनि पछि करिश्माको अध्ययनमा सुधार आएको प्रधानाध्यापक लामाले बताए ।
तर यही ग्रेडिङ आउँछ भनेर आफूले भन्न नसक्ने उनको भनाइ छ । परीक्षामा सबैले आफूले सोचेको जस्तो नतिजा आउन नि सक्ने नआउन नि सक्छ– लामा भन्छन् ।

सेलिब्रेटि भएका कारण र आफ्नो विद्यालयको विद्यार्थी भएका कारण उनको रिजल्ट हेर्न आफूहरु आतुर भएको प्रधानाध्यापक लामाले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ३ : ४१ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।