सांसद शान्ता चौधरीले भन्दा अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् धेरै अंक « Khabarhub

सांसद शान्ता चौधरीले भन्दा अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् धेरै अंक


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत वर्ष सञ्चालित एसईई को परीक्षाफल प्रकाशित भएको छ ।

गत वर्ष चैतमा सञ्चालित एसईईमा सेलिब्रेटी पनि सहभागी थिए जसमध्ये सांसद शान्ता चौधरी र करिश्मा मानन्धर हुन् ।

विहीवार सार्वजनिक भएको नतिजा अनुसार सांसद चौधरीले बी ग्रेड ल्याएकी छिन् । उनले २.६५ जीपीए ल्याएकी छिन् । यस्तै करिष्मा मानन्धरले बी प्लसले ग्रेड ल्याएकी छिन् । उनले ३ जीपीए ल्याएकी हुन् ।

यस वर्षको नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।

त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६० विद्यार्थीमा छात्रको संख्या २७२७९ र छात्राको संख्या २१६८१ रहेको छ । जीपीए २.८०–३.२० सम्म ल्याउने कूल ६०७०६ विद्यार्थीमध्ये छात्रको संख्या ३४१६६ र छात्राको संख्या २६५४० रहेको छ ।

त्यस्तै, जीपीए २.४०–२.८० सम्म ल्याउने कूल ७४११० विद्यार्थीमध्ये कुल छात्र–३९०९५ र छात्रा– ३५०१५ रहेका छन् । जीपीए २.००–२.४० सम्म ल्याउने कूल ९७२९९ मध्ये छात्र ४५७८९ र छात्रा ५१५१० रहेका छन् ।

त्यसैगरी, जीपीए १.६०–२.०० सम्म ल्याउने कूल ९५२०९ मध्ये छात्र ४२८८३ र छात्रा ५२३२६ छन् भने जीपीए १.२०–१.६० ल्याउने कूल ४३८४० विद्यार्थीमध्य कूल १९१३३ छात्र र २४७०७ छात्रा रहेका छन् ।

त्यस्तै, ०.८०–१.२० जीपीए ल्याउने कूल ४४२९ विद्यार्थीमध्ये छात्र १८६६ छन् भने छात्राको संख्या २५६३ रहेको छ ।

जीपीए ०.८० भन्दा कम ल्याउने कूल ८२०७ विद्यार्थी रहेका छन् । जसमा छात्रको संख्या ४२२५ छ भने छात्राको संख्या ३९८२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : २६ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा