बर्खा लागिसक्दा समेत घर नबनेपछि बाराका हावाहुरी पीडित चिन्तित « Khabarhub

बर्खा लागिसक्दा समेत घर नबनेपछि बाराका हावाहुरी पीडित चिन्तित


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पीडीतले असन्तुष्टि जनाएका छन् ।

नेपाली सेनाले प्रभावितहरुका लागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ ।

पहिलो अनुगमन निरीक्षणमा सबै पीडीतको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो । अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एकाघरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पीडीत समस्यामा परेका हुन् ।

बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएकोमा हाल फिल्डमा ‘भेरिफिकेसन’ टोली जाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ । कलैया उपमाहानगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउदै आएको छ ।

अध्यक्ष अम्बिका प्रसाद यादवले जग्गा नभएकाका लागि सरकारले जग्गा उपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केही गर्न नसक्ने बताए । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । नेपाली सेनाले साउन मसान्तसम्म सबै ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ३४ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी