‘निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर चाँडै स्वीकृत हुन्छ’ « Khabarhub

‘निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर चाँडै स्वीकृत हुन्छ’


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताएका छन् ।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको स्वीकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्वीकृत गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डीपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । यता, नेपाली सेनाले भने सो आयोजनाको डीपीआर स्वीकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो ।

तर मन्त्री महासेठले डीपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । उनले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए । डीपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्वीकृत गर्ने मन्त्री महासेठको भनाइ छ ।

मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डिपीआर स्वीकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डीपीआर स्वीकृत गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ४६ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको