‘निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर चाँडै स्वीकृत हुन्छ’ « Khabarhub

‘निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर चाँडै स्वीकृत हुन्छ’


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताएका छन् ।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको स्वीकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्वीकृत गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डीपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । यता, नेपाली सेनाले भने सो आयोजनाको डीपीआर स्वीकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो ।

तर मन्त्री महासेठले डीपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । उनले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए । डीपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्वीकृत गर्ने मन्त्री महासेठको भनाइ छ ।

मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डिपीआर स्वीकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डीपीआर स्वीकृत गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ४६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील