किन गर्ने कौसी खेती ? « Khabarhub

किन गर्ने कौसी खेती ?


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वदेशमा उत्पादित होस् या आयात गरिएको तरकारी, बिनाविषादीको पाउन प्रायः मुस्किल बन्दै गएको छ । विषादी जाँचको सरकारी प्रयासले पनि यही तथ्य देखाएको छ ।

यसले एउटा गम्भीर प्रश्न हाम्रासामु के छाडेको छ भने हाम्रा भान्छा विषादीमुक्त बनाउन सकिन्न ?, के अर्गानिक अभियान सहरी घरको कौसीबाटै सुरु हुनसक्छ ? बजारमा बढ्दो विषादीयुक्त तरकारीको बिगबिगीलाई निरुत्साहित गर्ने हो भने कौसी या करेसामा तरकारी फलाउन केही जाँगर चाहिन्छ । तब भान्छालाई विषादीमुक्त बनाउन सकिने गोरखापत्र दैनिकमा खबर छ ।

सेयर कारोबारी दिलीप श्रेष्ठ भन्छन्, “मेरो भान्छामा बजारको विषादीयुक्त तरकारी प्रवेश निषेध छ, किनभने कौसीमा म आफैँ तरकारी फलाउँछु । ”

किन कौसी खेती ?

बजारमा विषादीयुक्त तरकारी छ, महँगी छ । ताजा र खोजेको तरकारी पाइन्न । खुर्सानी र धनियाँसमेत ताजा पाइन्न तर तिनलाई घरकै कौसी या गमलामा फलाउन सकिन्छ । कौसी खेतीको प्रवद्र्धनमा लाग्नुभएका दीपक लोहनी भन्छन, “भान्छामा भित्रिने सबै तरकारी त कौसीमा लगाउन नसकिएला, कम्तीमा धनियाँ र खुर्सानी त गमलामा फलाएरै खान पुग्छ । ”

कौसी खेतीको तालिममा भान्छाको गणितको हिसाब हुन्छ । दैनिक १० रुपियाँको धनियाँ खर्च बचाउँदा महिनाको तीन सय बचत हुन्छ । कृषिविज्ञ नम्रता पाण्डे भन्छिन् “रमाइलोका लागि कौसी खेती सुरु गरौं, यसले घरखर्चमा पनि सहयोग पुग्छ । ” जापानमा बस्दा नेपालबाटै तरकारीको बीऊ लगेर कौसीमा तरकारी फलाएको बताउने पाण्डे तनाव व्यवस्थापनका लागि कौसी खेती उपयुक्त हुने बताउँछिन् ।

माछा राख्ने बाकस र गमलामा फर्सीदेखि अनार, अम्बा, मुन्तला, आँपसम्म फलाउनुभएको छ । धार्मिक हिसाबले महत्त्व राख्ने आँप, पीपल, अमलाजस्ता वनस्पतिसमेत उनले छतमै हुर्काइन । उनी भन्छिन, “खुसी र आत्मसन्तुष्टि खोज्न कतै जानु पर्दैन, छतमा उक्लिए पुग्छ । समयको सदुपयोग, तनाव व्यवस्थापन, मिठो तरकारी र रमाइलोका लागि कौसीमा खेती गर्छु । ”

खेतीमा नयाँ–नयाँ प्रविधि

तरकारी अर्थात् कौसी खेतीका लागि नयाँनयाँ प्रविधिसमेत भित्रिएका छन् । ‘एरोफोनिक्स’ प्रविधिमार्फत थोरै ठाउँमा खेती गर्न सकिन्छ, जसलाई माटोको आवश्यकता हुन्न । एरोरुटले नेपालमा यो प्रविधिको प्रवद्र्धन गरिरहेको छ । यस प्रविधिबाट करेला, बोडी, लौका, काँक्रो, गोलभेँडा, सागलगायत २८ थरीका तरकारी उत्पादनमा सफलता प्राप्त भएको एरोरुटकी सन्ध्या बज्राचार्य बताउँछिन् ।

फोहोर व्यवस्थापनमा सघाउ

घरबाट निस्कने फोहोर व्यवस्थापन ठूलो समस्याका रूपमा देखिएको छ । त्यस्ता फोहोरलाई घरमै व्यवस्थापन गर्नसमेत कौसीखेती उपयोगी सिद्ध भएको छ ।
कौसी खेतीका अभियन्ता लोहनीका अनुसार काठमाडौँका नेवार बस्तीमा घरबाट उत्पादन हुने कुहिने फोहोर व्यवस्थापनको पुरानो प्रविधि हो, साःगा । यो लिच्छवी कालदेखि नै प्रचलनमा रहेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : १९ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा