विप्लव समूहका राप्ती ब्युरो सदस्य वली तेस्रोपटक गिरफ्तार « Khabarhub

विप्लव समूहका राप्ती ब्युरो सदस्य वली तेस्रोपटक गिरफ्तार


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका छन् ।

पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । गत बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए । पक्राउपछि वलीलाई प्युठान लगिएको बताइएको छ ।

विभिन्न जिल्लाका हिरासतमा समेत वलीले १ सय दिन बिताइसकेका छन् । संगठित अपराध र राज्यविरुद्ध अपराधमा वलीलाई मुद्दा चलाइएको छ । वलीसँगै गिरप्तार भएका सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र चन्द्रबहादुर खड्का भने अदालतको आदेशले सुनसरीबाट रिहा भइसकेका छन् ।

सरकारको प्रतिबन्धपछि नेकपाका रोल्पाका डेढ दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा पार्टीप्रति सामान्य आस्था राख्ने सर्वसाधारणदेखि जिल्ला स्तरीय नेतासम्म छन् ।

पूर्वी रोल्पाको पाङबाट पक्राउ परेका सो पार्टीको जिल्ला इन्चार्ज जयप्रकाश रोका, धनबहादुर खत्री र भुपेन्द्र खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । त्यसअघि पार्टी सुभेच्छुक खैराम महरासहित अर्का व्यक्ति जेल चलान भइसकेका थिए । पुर्पक्षका लागि भन्दै सो पार्टीका ५ नेता कार्यकर्तालाई जेल चलान गरिसकिएको छ ।

सो पार्टीका ६ नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको छ । हिरासत रहेका नेता कार्यकर्तामा गंगोदव गाउँपालिकाका लालबहादुर वली, सुनिल स्मृति गाउँपालिकाका प्रदीप कुवँर, माडी गाउँपालिकाका सन्दीप वली, दिनेश वली, श्याम घर्ती र गणेश घर्ती रहेका छन् ।

वलीलाई सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वलीसँगै प्रहरीले दाङबाट गिरफ्तार गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिट अन्तर्गत सर्वोच्च अदालतले रिहाइका लागि दुई पटक आदेश दिइसके पनि उनलाई प्रहरीले पटकपटक मुद्दा लगाउँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १२ : ४९ बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण