छोराछोरीलाई कसरी बनाउने अनुशासित ? « Khabarhub

छोराछोरीलाई कसरी बनाउने अनुशासित ?


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छोराछोरीलाई अनुशासित बनाउनु बुवा आमा र परिवारको लागि चुनौतीको विषय हो । बालबालिका जस्तो व्यवहार, शिक्षादिक्षा माया ममतामा हुर्किए त्यस्तै व्यवहार गर्छन् ।

अभिभावकले बालबालिकालाई गाली गलोज गर्ने हातपात गर्ने गरेको खण्डमा उनीहरुको आगामी कदम पनि त्यस्तै बन्न जान्छ । साथीसंगीसँग उनीहरुले गर्ने व्यवहार परिवारबाट पाएको शिक्षा अनुसार नै हुन्छ । त्यसैले बालबालिका अनुशासित बनुन् भन्ने चाहनुहुन्छ भने तपाईं पनि उनीहरुसँग र अन्यसँग अनुशाशित ढंगमा प्रस्तुत हुनुको बिकल्प छैन ।

अनुशासन भन्ने शब्दले सजाय दिनु भन्ने कुरालाई मात्र बुझाउँदैन । अनुशासनमा राख्नु भनेको अर्ती दिनु, सिकाउनु र सुधार्नु हो । अनुशासन शब्दले कठोर व्यवहार वा दुर्व्यवहार गर्नु भन्ने अर्थ कहिल्यै दिंदैन ।

छोराछोरीलाई अनुशासनमा राख्ने आमाबुबाको कामलाई मालीको कामसित तुलना गर्न सकिन्छ ।

मालीले गोडगाड गरेर माटोलाई मलिलो बनाउँछ, बिरुवालाई मलजल गर्छ, किराबाट जोगाउँछ र वरिपरि उम्रिएको झारपात उखेल्छ । बढ्दै गएको बिरुवालाई सही आकार दिन मालीले बिरुवा छाँट्ने गर्छ । होसियारीपूर्वक यस्ता विभिन्न काम गरेमा बिरुवा स्वस्थ हुन्छ भनी मालीलाई थाह छ । आमाबुबाले पनि विभिन्न तरिकामा छोराछोरीको ख्याल राख्छन्‌ । तर मालीले बेलाबेलामा बिरुवा छाँटेजस्तै आमाबुबाले पनि छोराछोरीलाई अनुशासनमा राख्नुपर्ने हुन्छ ।

अनुशासनले छोराछोरीको गलत झुकावलाई समयमै सच्याउन र तिनीहरूलाई सही बाटोमा डोऱ्याउन मदत गर्छ । तर मालीले बिरुवा छाँट्दा होसियारी अपनाएन भने बिरुवा ओइलाउन सक्छ। त्यसैगरि आमाबुबाले पनि छोराछोरीलाई मायालुपूर्वक अनुशासनमा राख्नुपर्छ । त्यसो गर्न सकिएन भने बालबालिका भविष्यमा गएर अनुशासनहीन बन्न पुग्छन् ।

आफ्नो छोराछोरी अनुशासित भएको हेर्न चाहनुहुन्छ भने यी तीन वटा तरिका सिक्न जरुरी छ ।
(१) मायालु हुने,
(२) व्यावहारिक हुने
(३) नियमहरूमा घरिघरि हेरफेर नगर्ने ।

आमाबुबाले आफूलाई पूर्ण रूपमा वशमा राख्न सक्दैनन्‌ । त्यसैले कहिलेकाहीं तपाईंको धैर्यको बाँध टुट्न सक्छ । तर त्यस्तो गाह्रो परिस्थितिमा यो कुरा मनमा राख्नुहोस्: रिसले चूर भई दिएको सजाय अचाक्ली र कठोर हुन्छ । साथै त्यसले सोचेको भन्दा उल्टो नतिजा ल्याउँछ । दिक्क लागेर वा रिसाएर दिएको सजायलाई अनुशासन भन्न मिल्दैन। त्यो त तपाईंले आफूलाई वशमा राख्न नसकेको प्रमाण हो ।

तर तपाईंले आफूलाई वशमा राखेर मायालु भई छोराछोरीलाई अनुशासनमा राख्नुभयो भने त्यसले राम्रो परिणाम ल्याउँछ ।
हो, आमाबुबाले कहिलेकाहीं छोराछोरीलाई सजाय दिनुपर्ने हुन्छ । तर सजाय दिनुपरे तापनि छोराछोरीलाई माया गरेकोले नै आमाबुबा तिनीहरूलाई अनुशासनमा राख्छन्‌ ।

तपाईंको मायालु निर्देशनले छोराछोरीलाई परिपक्व, जिम्मेवार अनि बुद्धिमान्‌ व्यक्ति बन्न मदत गर्नेछ । एउटा कथन छ– “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”

छोराछोरीलाई अनुशासनमा राख्दा . . .

मायालु हुनुपर्छ: रिस उठेकोले होइन, छोराछोरीलाई माया गरेकोले हामी उनीहरूलाई अनुशासनमा राख्छौं । अप्ठ्यारो परिस्थिति आइपर्दा आफू शान्त नभएसम्म कदम नचाल्नुहोस् ।

व्यावहारिक हुनुपर्छ: परिस्थिति राम्ररी केलाउने कोसिस गर्नुहोस्। छोराछोरीले के गर्न सक्छन्‌ र के गर्न सक्दैनन्‌, त्यसमा पनि ध्यान दिनुहोस्।

नियमहरूमा घरीघरी हेरफेर गर्नुहुँदैन: नियम तोडेमा कस्तो सजाय दिइनेछ भनेर छोराछोरीलाई बताउनुभएको छ भने आफूले भनेअनुसार गर्नुहोस्।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ४ : ०४ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,