अमिताभले भन्दा धेरै पैसा लिने यी हुन् दक्षिण भारतीय हिरो « Khabarhub

अमिताभले भन्दा धेरै पैसा लिने यी हुन् दक्षिण भारतीय हिरो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा दक्षिण भारतीय फिल्मका निकै धेरै फ्यानहरु रहेका छन् । दक्षिण भारतीय कुनै पनि नयाँ फिल्म युट्युबमा अपलोड भयो भने त्यो ट्रेन्डिङमा परिहाल्छ । यसअर्थ पनि नेपालमा दक्षिण भारतीय फिल्मलाई पछ्याउनेको संख्या ठूलो छ भन्दा फरक पर्दैन ।

मूलधारको भारतीय फिल्म उद्योगका धेरै कलाकारलाई नेपाली फ्यानहरुले चिन्ने र उनीहरुबारे चासो राख्ने गरेका छन् । जसमध्येका एक हुन् अमिताभ वच्चन ।

अमिताभको अभिनय, उनको व्यक्तित्व, कमाइ आदीका कारण पनि उनी चासोका पात्र बनिरहेका छन् । तर दक्षिण भारतीय फिल्म उद्योगमा यस्ता अभिनेता छन् जो अमिताभले भन्दा धेरै रकम कुनै एक फिल्म खेल्दा लिन्थे । पछि उनी मन्त्री पनि बने ।

उनी हुन् दक्षिण भारतका चर्चित फिल्म स्टार चिरञ्जिवी । उनका वुवा प्रहरीमा थिए । चिरञ्जीवीको बाल्यकाल गाउँमा वितेको थियो । उनको रुचि बाल्यकालदेखिनै अभिनयमा थियो ।

चिरञ्जीवी टलिउडमा एक मात्र यस्ता अभिनेता हुन् जसको आफ्नो सिंगल, डबल र त्रिपल रोल भएको फिल्मले हलमा सय दिनसम्म व्यापार गर्ने रेकर्ड बनाएको छ ।

उनी साउथका एक मात्र त्यस्ता कलाकार हुन् जसलाई १९८७ मा ओस्कार एकेडेमीले आफ्नो कार्यक्रममा आमन्त्रण गरेको थियो ।

एक समय यस्तो थियो कि उनले कुनै फिल्म खेल्दा अमिताभ बच्चन भन्दा धेरै रकम लिने गरेका थिए ।

अमिताभले एक फिल्म खेल्दा १ करोड लिन्थे भने चिरञ्जिवीले १.५ करोड रुपैयाँ लिने गरेका थिए ।

चिरञ्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो । पछि उनले आफ्नो नाम चिरञ्जीवी राखेका थिए ।

चिरञ्जीवी फिल्ममा नाम कमाएपछि २००८ मा राजनीतिमा आए । उनले आफैंले प्रजा राज्यम नामक पार्टी पनि बनाए । पछि उनले पार्टीलाई कांग्रेसमा विलय गराए । उनी मन्त्री पनि बनेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : ५३ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा