रविले आज नारायणी नदी किनारमा ‘धन्यवाद सभा’ गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह « Khabarhub

रविले आज नारायणी नदी किनारमा ‘धन्यवाद सभा’ गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् ।

उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

पाँच लाख धरौटी तिरेर हिजो रिहा भएपछि उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै आफ्नो रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका थिए । हिजै धन्यवाद सभा आयोजना गर्ने अवस्था नदेखिएपछि आज सम्बोधन गरेर मात्र काठमाडौं फर्किने वाचा गरेका थिए । उनले आफ्नो समर्थनका क्रममा पक्राउ परेका सबैको विनाशर्त रिहाइको माग गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि उनले भनेका छन, ‘हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।

अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : १४ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज