पाकिस्तानी प्रधानमन्त्री चेतावनी– परमाणु शक्ति सम्पन्न छौं, कुनै पनि हदसम्म जान सक्छौं « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री चेतावनी– परमाणु शक्ति सम्पन्न छौं, कुनै पनि हदसम्म जान सक्छौं


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।
उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताएका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’

कश्मीरी जनता संकटमा रहेको भन्दै उनले उनीहरुलाई आफूहरुले साथ दिने बताए । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’

यसबारे पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले जानकारी दिए ।

भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो अन्तर्राष्ट्रिय मुद्दा बनेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कारण कश्मीरका जनतालाई स्वतन्त्रताको मौका मिलेको इमरान खानको भनाइ छ ।

कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को योजनाअनुसार भारतले कश्मीर मुद्दामा कुरै गर्न नचाहेको उनले आरोप लगाए । आरएसएस भारतको एक हिन्दु राष्ट्रवादी, अर्धसैनिक स्वयंसेवक संगठन हो, जुन सत्तारुढ भारतीय जनता पार्टीको भातृ संस्था मानिन्छ । बीबीसीका अनुसार आरएसएसलाई विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी संस्था भनिन्छ ।

इमरान खानले सम्बोधनको क्रममा भारत सरकार संयुक्त राष्ट्रसंघको प्रस्ताव, संविधान, जवाहरलाल नेहरुको प्रतिबद्धता र धर्मनिरपेक्षताविरुद्ध गएको जिकिर गरे ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : २१ बजे

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि