सनी लियोनीका कारण ‘पासवर्ड’ ले दर्शक तान्ला? « Khabarhub

सनी लियोनीका कारण ‘पासवर्ड’ ले दर्शक तान्ला?


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्नस्टार हुँदै बलिउड फिल्ममा छाएकी नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । चर्चा हुनुको कारण उनले चलचित्र ‘पासवर्ड’ मा गरेको आइडम डान्स हो । निर्माण टिमका अनुसार सनीले फिल्मका केही दृश्यमा समेत अभिनय गरेकी छिन् ।

त्यसो त सनी यही फिल्मको प्रिमियरका क्रममा नेपाल आउने कार्यक्रम छ । उनले नेपाललाई आफूलाई सबैभन्दा मन पर्ने देश भनेकी छिन् ।

सनीकै कारण फिल्मको चर्चा हुनुपर्ने हो तर फिल्मले भने खासै चर्चा कमाउन सकेको छैन । सनी नाचेको गीत ‘आजको साम’ ले भने राम्रै चर्चा कमाएको छ ।

फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको समेत अभिनय छ । एक्सन र सस्पेन्सले भरिपूर्ण भनिएको यो फिल्मको चर्चा भने खासै छैन । न त ट्रेलरले नै खासै चर्चा कमाउन सक्यो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म हलमा कस्तो चल्नेछ भन्ने हेर्न बाँकी नै छ । तर, निर्माण टिम भने सनीकै कारण फिल्म चल्नेमा विश्वस्त छ । जो जसको अभिनय रहे पनि फिल्म पक्कै पनि राम्रै हुनुपर्छ । पोस्टरमा चल्तीका नायकको तस्वीर राखेर फिल्म चलाउने जमाना हराइसकेको बेला सनी लियोनीको आइटम डान्सले फिल्म चल्ला या नचल्ला, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  २ : ५१ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित