१५ दिनको कैद सजाय सुनाइएका अभियुक्त ५ महिनापछि पक्राउ « Khabarhub

१५ दिनको कैद सजाय सुनाइएका अभियुक्त ५ महिनापछि पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले १५ दिनको कैद सजाय सुनाएका एक अभियुक्त ५ महिनापछि पक्राउ परेका छन् ।

सापटी लिएको रकम भुक्तानी गर्नका लागि पैसा नै नभएको खाताको चेक दिएको भन्दै काठमाडौंको मनमैजु घर भएका ५५ वर्षीय प्रभात बिक्रम थापाविरुद्ध अदालतले १५ दिनको कैद सजाय समेतको फैसला सुनाएको थियो ।

थापाले आर्थिक व्यवहार मिलाउनका लागि अर्जुन तामाङबाट ८ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । तर, ऋण तिर्ने बेला थापाले पैसा नभएको सिभिल बैंकको चेक दिएका थिए ।

सिभिल बैंकको पुतलीसडक स्थित शाखाले थापले अर्जुनका नाममा दिएको चेक बाउन्स गरेको थियो । आफूलाई दिइएको चेक बाउन्स भएपछि अर्जुनले बैंकिङ कसुरअन्तर्गत थापाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

४ चैत २०७५ मा मुद्दाको फैसला सुनाउँदै पाटन उच्च अदालतले थापाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

तर, थापा भने अदालतको फैसलापछि फरार थिए । फरार रहेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा पठाएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ३ : १६ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण