अमेजनको डढेलो नियन्त्रणका लागि कोलम्बियासँग छलफल गर्दै ब्राजिल « Khabarhub

अमेजनको डढेलो नियन्त्रणका लागि कोलम्बियासँग छलफल गर्दै ब्राजिल


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने तयारी थालेका छन् ।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीटमा लेखेका छन्, “कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।”

हालै फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरेका थिए ।

यसवर्ष मात्र ब्राजिलमा ७४ हजार पटक आगलागीका घटना भइसकेका छन् जसमा आधाभन्दा बढी अमेजन जंगलमा भएका छन् । सन् २०१८ को यही अवधिको तुलनामा यो करिब ८४ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : २० बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा