अमेजनको डढेलो नियन्त्रणका लागि कोलम्बियासँग छलफल गर्दै ब्राजिल | Khabarhub Khabarhub

अमेजनको डढेलो नियन्त्रणका लागि कोलम्बियासँग छलफल गर्दै ब्राजिल


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने तयारी थालेका छन् ।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीटमा लेखेका छन्, “कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।”

हालै फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरेका थिए ।

यसवर्ष मात्र ब्राजिलमा ७४ हजार पटक आगलागीका घटना भइसकेका छन् जसमा आधाभन्दा बढी अमेजन जंगलमा भएका छन् । सन् २०१८ को यही अवधिको तुलनामा यो करिब ८४ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : २० बजे

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

मनाइयो साउने (कर्कट) संक्रान्ति पर्व

काठमाडौं– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…

धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर

सिमकोट – यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी