मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ « Khabarhub

मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबै युवाको चाहाना आकर्षक ज्यान बनाउने हुन्छ । त्यसका लागि उनीहरुले धेरै मेहनत पनि गर्छन् । बिहानै उठेर दौडने । बिहानै जीम जाने, सामाजिक सञ्जालतमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामग्री हेर्न र जस्ताको तस्तै प्रयोग गर्ने ।

यतिले मात्र पुग्दैन शरीरको सेपलाई नयाँ पन दिन र राम्रो बनाउन व्यायामसँगै खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसबारे अनभिज्ञ भए अब थाहा पाउन जरुरी छ ।

यी खानेकुरा खाएमा मसल्स बढ्छ :

बदाम–काजु–ओखर

यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ । सँगै, ड्राइफुडको सहारा पनि लिन सक्नुहुन्छ । यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणमा मद्दत गर्छ ।

अन्डा

अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र सेवन गर्नुपर्छ ।

हरियो तरकारी

धेरैजसो तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । यद्यपि, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितका पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।

फलफूल

मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।

अन्न

मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन कम गर्न जरुरी छ । यस्ता खाद्यपदार्थले स्वास्थ्यलाई बेफाइदा गर्छ । यसको सट्टामा अन्नजन्य खानेकुरा खान सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : १९ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या