मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ « Khabarhub

मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबै युवाको चाहाना आकर्षक ज्यान बनाउने हुन्छ । त्यसका लागि उनीहरुले धेरै मेहनत पनि गर्छन् । बिहानै उठेर दौडने । बिहानै जीम जाने, सामाजिक सञ्जालतमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामग्री हेर्न र जस्ताको तस्तै प्रयोग गर्ने ।

यतिले मात्र पुग्दैन शरीरको सेपलाई नयाँ पन दिन र राम्रो बनाउन व्यायामसँगै खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसबारे अनभिज्ञ भए अब थाहा पाउन जरुरी छ ।

यी खानेकुरा खाएमा मसल्स बढ्छ :

बदाम–काजु–ओखर

यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ । सँगै, ड्राइफुडको सहारा पनि लिन सक्नुहुन्छ । यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणमा मद्दत गर्छ ।

अन्डा

अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र सेवन गर्नुपर्छ ।

हरियो तरकारी

धेरैजसो तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । यद्यपि, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितका पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।

फलफूल

मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।

अन्न

मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन कम गर्न जरुरी छ । यस्ता खाद्यपदार्थले स्वास्थ्यलाई बेफाइदा गर्छ । यसको सट्टामा अन्नजन्य खानेकुरा खान सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : १९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल